global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अपर सोलु हाइड्रोको आईपीओ आउँदै

अपर सोलु हाइड्रोको आईपीओ आउँदै

अपर सोलु हाइड्रोको आईपीओ आउँदै

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न  दिएको निवेदन नेपाल धितोपत्र बोर्डले हिजो, वैशाख ७ गते अनुमति दिएको हो ।

अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको हो । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । अपर सोलु हाइड्रो कम्पनी पहिलो पटक सन् २०१० मे २८ तारिखदेखि एक निजी कम्पनीको रूपमा सञ्चालनमा आएको हो । पछि सन् २०१७ अप्रिल १४ तारिखदेखि भने यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु एचइपी सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय : २२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु