गृहपृष्ठ ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंक(JBL)ले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत काठमाडाैं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ ।

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका डीएसपी दुर्गा प्रसाद दाहाललाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेका हुन् ।

बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्‍याउने हेतुले सो सहयोग गरेको हो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाको पहिचान गरि त्यस्ता सम्भावनालाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य गर्दै आएको छ ।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु