गृहपृष्ठ एनएमबी बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना सुरु

एनएमबी बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना सुरु

एनएमबी बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना सुरु

एनएमबी बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना वैशाख २ देखि असार ३२ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ का लागि पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेशका लागि मधेस व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको छ ।

यस कर्जा योजनाअन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको छ ।

ग्लोबल एयरलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा एनएमबी बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भ मध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्यअनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय-समयमा यस्ता योजना प्रस्तुत गर्दै आइरहेको जानकारी गराएको छ ।

प्रकाशित समय : २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु