‘माया बिछट्टै’मा जिम्बे र लक्ष्मीको अभिनय (भिडियो)
वि.सं.२०७९ वैशाख ८ बिहीवार १८:२५
shares

गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक भएको छ । राईकै शब्दमा तयार पारिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।
गीतमा संगीतकार ऋषि खड्काको संगीत छ भने विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ । रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले भिडियाेमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् । गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियो :

























