गृहपृष्ठ प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, बाँकी १३ गतेपछि थाहा हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, बाँकी १३ गतेपछि थाहा हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, बाँकी १३ गतेपछि थाहा हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएरै हटाएको बताएका छन् । २४ चैतको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो गत मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।

आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गभर्नर हटाउनका लागि प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाह  भएको बताएका हुन् । सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता बढेको उनले बताएका छन् । 'सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो,' अध्यक्ष प्रचण्डले भने, '१३ गते अदालतमा दुवैका कुरा आउँछ त्यसपछि मात्रै के भएको हो भन्ने थाहा पाइने भन्दै अहिले केही पनि भन्न नसकिने बताए ।

सर्वाेच्चले मंगलबार 'गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू' भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको  छ ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु