nmb bank

गृहपृष्ठ तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलाे बैंक बन्यो नबिल, नाफामा ब्रेक

तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलाे बैंक बन्यो नबिल, नाफामा ब्रेक

तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलाे बैंक बन्यो नबिल, नाफामा ब्रेक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक, नबिल बनेको छ । बैंकले मंगलबार साउनदेखि चैतसम्मको ९ महिना वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो । तर, बैंकको वित्तीय रिपोर्ट भने सकारात्मक आउन सकेन ।

वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफामा ८.९१ प्रतिशतको ब्रेक लागेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमास अर्थात् साउनदेखि चैतमसान्तसम्म ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएको हो ।

यसअवधिमा बैंकको सञ्चालन नाफा समेत ८.७५ प्रतिशतले घट्न पुगेको छ । वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा ८.७५ ले सञ्चालक नाफा गुमाउँदै कुल ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष बैंकले ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा यता खुद ब्याज आम्दानी भने २९.३० प्रतिले वृद्धि गर्दै बैंकले ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ कमाएको छ । यता, बैंकको खराब कर्जा ९एनपीएल० दर ०.६६ प्रतिशतले बढेर १.१४ प्रतिशत पुगेको छ भने हाल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु