गृहपृष्ठ सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दति खाता
सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दति खाता
सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दति खाता व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दतिमा ग्राहकहरुले न्यूनतम ५ लाखको मुद्दति खाता खोल्न सक्नेछन् ।
ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दति निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्ने बैंकले जनाएको छ । व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दति खाताहरु समेत खोल्न सक्ने बैंकको भनाइ छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय : २२:४२ बजे



















