global ime bank Long Banner Ad

गृहपृष्ठ चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण देख्न सकिन्छ ।

निमेष प्रधान निर्देशित चलचित्रलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठलगायत सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको समेत अभिनय रहेको छ । दार्जिलिङ, सिलगुडी र सिक्किमका पर्यटकीय थलोमा खिचिएको को पटकथा निर्देशक प्रधानले लेखेका हुन् भने संवाद लेखनमा शिशिर राणाले सघाएका छन् ।

आदित्य फिल्म्सको प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । गीतमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक निमेषको संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु