गृहपृष्ठ नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने
नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने
सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।
नागरिक एपमार्फत खाता खोल्न ग्राहकले बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एपबाट स्क्यान गर्नु पर्ने हुन्छ । सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरण आफैँ अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।
प्रकाशित समय : १७:३८ बजे



















