गृहपृष्ठ सत्ता गठबन्धन संयन्त्रको बैठक सुरू, सिट बाँडफाँटबारे छलफल हुँदै
सत्ता गठबन्धन संयन्त्रको बैठक सुरू, सिट बाँडफाँटबारे छलफल हुँदै
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकासहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागबन्डा पनि मिलाउन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटको भागबन्डा नै टुंगिएको छैन । नेकपा (माओवादी केन्द्र)ले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आ-आफ्नै अडान कायम छन् ।
भागबन्डा टुंग्याउन अहिले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरू भएकाे छ । बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्ने बताइएकाे छ । माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
प्रकाशित समय : १५:४२ बजे


















