गृहपृष्ठ काँकडभिट्टामा बैंक अफ काठमाण्डूको शाखा विस्तार
काँकडभिट्टामा बैंक अफ काठमाण्डूको शाखा विस्तार
बैंक अफ काठमाण्डूले झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बैंकका सञ्चालक श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।
प्रकाशित समय : ०३:१५ बजे


















