गृहपृष्ठ मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दति खाताको ब्याज
मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दति खाताको ब्याज
मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना हो ।
बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनतम १ वर्ष देखि १० वर्ष अवधि सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दति खातामा पाइने ब्।राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतिकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : ०१:०१ बजे



















