global ime bank Long Banner Ad

गृहपृष्ठ होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको एक्स्पो सुरू

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको एक्स्पो सुरू

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको एक्स्पो सुरू

काठमाडौंस्थित होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति हुने बताइएको छ । अफेयर्स एजुकेशन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूको बारेमा जानकारी गराइनेछ ।

नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो। शैक्षिक मेलामा नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पकाे बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइनेछ ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीसँग प्रत्येक्ष कुराकानी गरी ३५ वटाभन्दा बढी प्रमुख विश्वविद्यालयको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

प्रकाशित समय : २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु