nmb bank

गृहपृष्ठ काठमाडौं महानगरमा एमालेबाट चार जना सिफारिस, विद्यासुन्दर र केशव स्थापित बलियो

काठमाडौं महानगरमा एमालेबाट चार जना सिफारिस, विद्यासुन्दर र केशव स्थापित बलियो

काठमाडौं महानगरमा एमालेबाट चार जना सिफारिस, विद्यासुन्दर र केशव स्थापित बलियो

काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट चार जना सिफारिसमा परेका छन् । सहमति जुट्न नसकेपछि काठमाडौं महानगर कमिटीले केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ ।

२०७४ को चुनावबाट मेयर बनेका शाक्य र २०५४ का मेयर स्थापित एमाले केन्द्रीय सदस्य हुन् । देउला महानगर कमिटी एमाले अध्यक्ष हुन् भने पन्त सहकारी विभाग सदस्य छिन् । महानगर कमिटीले सिफारिस गरेको आकांक्षी सूचीमाथि जिल्ला कमिटीले फेरि छलफल गर्नेछ ।

एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ ।

एमाले नेताहरु महानगर कमिटीले संकलन गरेको आकांक्षीहरु मध्ये शाक्य र स्थापितको दावेदारी बलियो रहेको बताउँछन् । २०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगर-२१ बाट वडाध्यक्ष जितेका शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् ।

०५४ को निर्वाचनमा भने स्थापित मेयर र विदुर मैनाली उपमेयर जिते । २०७४ को चुनावमा पनि स्थापितले मेयरमा दाबी गरेका थिए । तर टिकट भने शाक्यले पाए । स्थापित शाक्यलाई जिताउने प्रमुख भूमिकामा खटिएका थिए । यसपटक भने स्थापित आफैं मेयरको उम्मेदवार बन्ने दौडमा छन् ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु