गृहपृष्ठ दैनिक ८ लाख मतपत्र छापिँदै, ३९ जिल्लाका तयार
दैनिक ८ लाख मतपत्र छापिँदै, ३९ जिल्लाका तयार
निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनका क्रममा ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिए ।
‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये २०७९ वैशाख १ गते बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ’, आयोगका प्रवक्ता पौडेलले भने, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’
आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो । दुर्गमका जिल्लामा सुगमका जिल्लामा भन्दा अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले पहिले ती जिल्लाका लागि मतपत्र छपाइ गरिएको हो ।
आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।
प्रकाशित समय : १३:२४ बजे


















