गृहपृष्ठ ३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छापियो
३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छापियो
आगामी स्थानीय तहको निर्वाचनको लागि ३९ जिल्लाको मतपत्र छापिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार ७० लाख ३३ हजार मतपत्र छापिइसकेको छ । आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ प्रतिशत छपाई सम्पन्न भएको आयोगले जनाएको छ ।
'आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ थान मतपत्र छपाइ सम्पन्न भएको छ,' बिहीबारकाे नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । पौडेलले हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिए ।
प्रकाशित समय : २३:५७ बजे



















