नेपालमा स्कोडा कोडियाकको फेसलिफ्ट संस्करण सार्वजनिक
वि.सं.२०७८ चैत ३० बुधवार १६:२८
shares

स्पोर्टी लुक्स, क्रिस्टल लाइन डिजाइन, सेग्मेन्टकै सबैभन्दा सुरक्षित फिचर तथा ‘सिम्पली क्लेभर’ फिचरले भरिएको स्कोडा कोडियाक फेसलिफ्ट स्कोडा शोरुममा उपलब्ध भएको छ ।
सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको कोडियाकलाई युरोपबाट सिधै नेपाल आयात गरिन्छ । ‘नयाँ स्कोडा कोडियाकमा सुन्दरता, आराम र इन्जिनको क्षमतालाई बलियो बनाइएको छ । सेग्मेन्टकै राम्रा फिचर र बेजोड सुरक्षाले कोडियाकलाई पूर्ण सुविधा सम्पन्न एसयुभी बनाएको छ, जुन दैनिक ड्राइभिङ र रोमाञ्चक अफरोड यात्रा दुवैका लागि उपयुक्त छ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ स्कोडा सार्वजनिक गर्दै भने ।
बाहिरी विशेषता:
स्कोडाले कोडियाकको लुक्समा विशेष परिमार्जन गर्नुका साथै एरोडायनामिक्सलाई पनि अप्टिमाइज गरिएको छ । साथै, यसको ग्रिलले कोडियाकलाई झन आकर्षक बनाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट र एलइडी हेडलाइट तथा फग लाइटले लाइटिङलाई राम्रो बनाएको छ ।
उच्चस्तरीय इन्टेरियर:
स्कोडाले कोडियाक इन्टेरियरलाई डेकोरेटिभ स्ट्रिप, कन्ट्रास्टिङ स्टिचिङ र परिष्कृत एलइडी एम्बियन्ट लाइटिङ विशेषता दिएर नयाँ उचाइमा पुर्याएको छ । साथै, ठूला एसयुभीमा पहिलो पटक एर्गोनोमिक, पर्फोरेटेड-लेदर सिट राखिएको छ जसले हिटिङ अप्सनका साथै मल्टिवे इलेक्ट्रिक सिटको व्यवस्था गरेको छ । यसमा क्यान्टोन साउन्ड सिस्टम छ । यसको ड्यासबोर्डमा सेन्ट्रल स्पिकर र बुथमा सबवुफरको साथै अतिरिक्त दश स्पिकरहरू छन् ।
पावरफुल डिजाइन:
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पिट दिइएको छ । कोडियाक अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको एसयुभी हो । यसको टोर्नाडो लाइनहरू, सटीक किनार र क्रिस्टल लाइनले यसमा विशिष्ट स्टाइल थपेको छ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ ।
इञ्जिन र ट्रान्समिशन:
१९६८ सिसी क्षमता भएको कोडियाकमा २.० टीडीआई डिजेल इन्जिन छ । जसले ३५०० आरपिएममा १५० पीएस र १७५० आरपिएममा ३४० एनएम टर्क जेनेरेट गर्छ । जसमा फोर व्हिलसहितको ७-स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन रहेको छ ।
सुरक्षित र आरामदायी:
नयाँ कोडियाक अत्याधुनिक सुरक्षा किटहरूका साथ आउँछ, जसमा ९ एअरब्याग, इबीडीका साथ एबिएस, ब्रेक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् ।
कोडियाकले इलेक्ट्रिकल रूपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सन-रुफका साथ नयाँ आयाम रचेको छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्छ ।
राइड र ह्याण्डलिङ:
स्कोडा कोडियाक ४ बाई ४ अल-व्हिल ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरूका साथ आउँछ । स्कोडाको लार्ज एसयुभी त्रिनिटी १८ इन्च व्हिल छन् । यसका साथै यो २०.३२ सीएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाइस कमाण्ड कन्ट्रोल पनि छ ।
यसमा पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि छ । यसको बुट स्पेस २७० लिटरदेखि २००५ लिटरसम्म बनाउन मिल्छ जुन कोडियाकको क्लासकै सबैभन्दा बढी हो । साथै यसमा किलेस इन्ट्री, स्टार्ट र स्टप बटन, भर्चुअल पेडल ओपन र क्लोज द बुट विशेषता पनि उपलब्ध छ ।
नेपालमा कोडियाक स्टाइल भेरियन्टमा उपलब्ध छ । कम्पनीले नयाँ कोडियाकको सुरुवाती बजार मूल्य एक करोड ७१ लाख रुपैयाँ तोकेको छ ।

























