६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७८ चैत ३० बुधवार १६:४५
shares

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सयले नै बढेर १ लाख १ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार २० सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८६ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय रुपैयाँ तोकेको छ ।

























