काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियल म्याड्रिड र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

12.47K
shares

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र भिल्लारियलले यात्रा तय गरेका छन् । मंगलबारको खेलमा डिफेन्डिङ च्याम्पियन रहेको चेल्सीसँगको पहिलो लेगमा रियल ३-१ गोलअन्तरले विजयी भएपछि सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।

चेल्सीले अन्तिम आठको दोस्रो लेगमा रियललाई बर्नाबाउमा ३-२ ले पराजित गरे पनि चेल्सी समग्रमा ५-४ ले पछाडि रह्यो ।

मंगलबारको अर्को खेलमा भिल्लारियलले बायर्न म्युनिकलाई १-१ को बराबरीमा रोक्यो । पहिलो लेगको क्वाटरफाइनलमा भिल्लारियल १-० ले विजयी रहेको थियो । यो नतिजापछि स्पेनी क्लब भिल्लारियलले समग्रमा २-१ को अग्रता लिएसँगै १६ वर्षयता पहिलोपल्ट सेमिफाइनल पुग्यो ।