गृहपृष्ठ नयाँ वर्षमा एनएमबी बैंकका ग्राहकलाई यी ४ अफर
नयाँ वर्षमा एनएमबी बैंकका ग्राहकलाई यी ४ अफर

नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ ।
अफरअनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलका २० हजार बराबरको उत्पादन खरिद गर्दा दुई हजारसम्म क्यासब्याक पाइने एनएमबी बैंकले जनाएको छ । अनलाइन शपिङ पोर्टल दराजबाट समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म छुट पाउन सकिन्छ । यसका साथै एनएमबीको मोबाइल बैंकिङबाट क्यूआर कोड स्यान गरी सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ ।
त्यस्तै एनएमबीका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सबै योजना सीमित समयका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
प्रकाशित समय : २१:०१ बजे