गृहपृष्ठ एनआइसी एसिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
एनआइसी एसिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
एनआइसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई-कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत दराजबाट यही चैत २८ सोमबारदेखि आउँदो वैशाख ७ गते बुधबारसम्म, सस्तोडिलबाट चैत २९ देखि वैशाख ३ सम्म र ग्यापुबाट चैत २५ देखि वैशाख २ गतेसम्म खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
त्यसैगरी, सीजी/एलजी डिजिटलबाट चैत ३० का दिन २० हजारभन्दा बढीको सामग्री खरिद गरी बैंकका ग्राहकले पीओएस तथा ई-कमर्समार्फत भुक्तानी गर्दा २ हजार ७९ रुपैयाँ नगद फिर्ता पाउने योजनासमेत बैंकले ल्याएको जनाएको छ ।
प्रकाशित समय : २०:१८ बजे



















