global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाका मनोनित सदस्य दाहालद्वारा सपथ

राष्ट्रियसभाका मनोनित सदस्य दाहालद्वारा सपथ

राष्ट्रियसभाका मनोनित सदस्य दाहालद्वारा सपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको सपथ गराएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सपथ गराए ।

सपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो प्रदान गरे । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । सपथ ग्रहण कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतको उपस्थिति थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु