गृहपृष्ठ घान्द्रुकमा एटीएममार्फत ज्योति विकास बैंकको सेवा
घान्द्रुकमा एटीएममार्फत ज्योति विकास बैंकको सेवा
ज्योति विकास बैंकले आइतबारदेखि कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको उद्घाटन गरे । कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम लगायतको उपस्थिति थियो ।
बैंकले हालसालै इलाम, कञ्चनबारी, लहान र कटारीमा पनि चार नयाँ शाखा विस्तार गरेको छ ।
प्रकाशित समय : १६:४३ बजे


















