काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घान्द्रुकमा एटीएममार्फत ज्योति विकास बैंकको सेवा

12.66K
shares

ज्योति विकास बैंकले आइतबारदेखि कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको उद्घाटन गरे । कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम लगायतको उपस्थिति थियो ।

बैंकले हालसालै इलाम, कञ्चनबारी, लहान र कटारीमा पनि चार नयाँ शाखा विस्तार गरेको छ ।