global ime bank Long Banner Ad

गृहपृष्ठ भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् ।

नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ । विभिन्न ट्युटोरियल भिडियो, क्विज, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रम रहेको यो सेवाले अनलाइन सिकालाई अझ सहज र रमाइलो बनाउँछ । मिदास ई-क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्ने बताइएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसइइ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ ।

भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास ई-क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ । भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास ई-क्लास दाबी गर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थासँग साझेदारी गर्दै आएको छ ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु