गृहपृष्ठ २ सयले घट्यो सुनको मूल्य
२ सयले घट्यो सुनको मूल्य
आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर ९९ हजार ६ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदीको भाउ भने प्रतितोला १३ सय ६५ रुपैयाँमा स्थिर छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७० रुपैयाँ तोकेको छ ।
प्रकाशित समय : १७:०३ बजे

















