गृहपृष्ठ हिमाल सरसफाई अभियान २०२२ मा कोका-कोलाको साथ
हिमाल सरसफाई अभियान २०२२ मा कोका-कोलाको साथ
नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा'हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी'नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका-कोला फाउन्डेसनले सहकार्य गरेको छ । न्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका-कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेस्रो वर्ष भयो ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् ।
२२ चैतदेखि जेष्ठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ ।संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि-साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । कोका-कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ ।
कोका-कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने,'हिमालहरु सफा गर्ने र यसै कामको लागि समान विचारधारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालका गौरव यी हिमालहरुको पवित्रता जोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनि हामी जोडिन पाउँदा गौरवान्वित महशुस गरेका छौँ । कोका-कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ । यो सरसफाई अभियान सफलतापुर्वक सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौँ र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।'
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर संकलन भएको थियो । सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो ।
हिमालबाट संकलन हुने यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनर, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।
प्रकाशित समय : २२:३६ बजे


















