nmb bank

गृहपृष्ठ ‘हाम्रो पार्टी ढक हो कि क्वीन्टल हाे, जिल्ला-जिल्लामा गएर हेर्नुहोस्’

‘हाम्रो पार्टी ढक हो कि क्वीन्टल हाे, जिल्ला-जिल्लामा गएर हेर्नुहोस्’

‘हाम्रो पार्टी ढक हो कि क्वीन्टल हाे, जिल्ला-जिल्लामा गएर हेर्नुहोस्’

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशौँ टनको बनिरहेको दाबी गरे ।

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला–जिल्लामा जान पनि ओलीलाई चुनौती दिए । खनालले सत्तारुढ पाँचदलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे । उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने उनले दाबी गरे । उनले, ‘हाम्रासामू अब निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्वीन्टल हामीलाई चाहिँ ढक । म भन्न चाहन्छु- केपी ओलीजी तपाईंको पार्टी ढक हो कि क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिा टन हो, यहाँ आएर हेर्नोस् । प्रत्येक जिल्लामा गएर हेर्नोस् । अब नेकपा एकीकृत समाजवादी दशौँ टनको पार्टी बन्दैछ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ ।’

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु