गृहपृष्ठ एनसीसी बैंक र दराजबीच सम्झौता

एनसीसी बैंक र दराजबीच सम्झौता

एनसीसी बैंक र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा-प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकको कार्ड प्रयोगकर्ताले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १ हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा १ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन अनुरोध गरिन्छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । 

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु