गृहपृष्ठ फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने अफर

फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने अफर

फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने अफर

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सालको अन्तिम दिन फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई कम्पनीले विशेष अफर सार्वजनिक गरेको हो ।

यस अफरअन्तर्गत न्यू इयर इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् । यस अफरअन्तर्गत फोनपेमार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टरमार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्बजनिक गरेको जनाएको छ ।  यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिने जनाइएको छ  ।

यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् । सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सीभील बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरि भोजडिल, फुडमान्डु ,सेल्सबेरी, डेलि ग्रोसरी, खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु