गृहपृष्ठ कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते
कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते
कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ । कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएको छ । उनले भनेका छन्- 'घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।'
सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए । मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गरेका छन् । यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उनले बताए ।
प्रकाशित समय : १८:२८ बजे

















