nmb bank

गृहपृष्ठ दराजकाे नयाँ वर्ष अभियान : मेगा डिल, विशेष अफर, मेगा भौचर, बम्पर उपहारमा स्कुटर

दराजकाे नयाँ वर्ष अभियान : मेगा डिल, विशेष अफर, मेगा भौचर, बम्पर उपहारमा स्कुटर

दराजकाे नयाँ वर्ष अभियान : मेगा डिल, विशेष अफर, मेगा भौचर, बम्पर उपहारमा स्कुटर

नेपालको अनलाइन बजार, दराजले आगामी साेमबार (११ अप्रिल, २०२२) देखि नव वर्षको 'सेल नयाँ, रहर नयाँ' अफर सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, ५ हजार रुपैयाँ सम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा Yadea S-Like नयाँ स्कुटर जित्ने अवसर लिएर आएको छ ।

यस अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रि-पेमेन्टमा १०% (अधिकतम १००० हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रि-पेमेन्टमा १५% (अधिकतम १५०० सय रुपैयाँ) सम्म छुटको मजा लिन सक्नेछन् । त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकले डेबिट कार्डमा १०% (१००० हजार रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि-पेमेन्टमा १५% (१५०० रुपैयाँसम्म) छुटको मज्जा लिन सक्नेछन् । साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकले अनलाइन प्रिपेमेन्टमा १५% सम्म छुट (अधिकतम १ हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ ।

अभियानको क्रममा सबै विशेष बैंक छुट मज्जा लिन दराजले आफ्ना ग्राहकलाई अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्ड सक्रिय गर्न अनुरोध गरेकाे छ ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु