काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विनोद चौधरीकाे सम्पत्ति बढ्याे, सबैभन्दा बढी ‘डलर अर्बपति’ कुन देशमा ?

12.43K
shares

विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष पनि 'डलर अर्बपति'हरूको सूची सार्वजनिक गरेको छ । गए राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।

दक्षिण एसियाका अरू मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेनन् । सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेका मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्बपति छन् भने अर्को छिमेकी मुलुक चीनमा ५३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७३५ छ ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकामा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९औँ नम्बरमा छन् । उनी सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहँदै आएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यो वर्ष पनि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । यस्तै, दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ छ भने बर्नाड, बिल गेट्स र वारेन बफेट क्रमशः तेस्रो, चौथो र पाँचाैं धनी व्यक्ति रहेका छन् ।