एनएमबीको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा, किसान उत्साहित
वि.सं.२०७८ चैत २३ बुधवार १८:४६
shares

एनएमबी बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नरहा-३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११औँ विस्तारीत काउण्टर सुरु गरेको छ । हिमालय सुगर मिल्सको तर्फबाट महा-प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमीि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजर मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।
उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ । बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ । शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब यस विस्तारित काउन्टरबाट नगदरहित सेवा लिन अनुरोध गरेका छन् ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबी बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत सेवा प्रदान गदै आइरहेको छ ।

























