गृहपृष्ठ ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको निगमले जनाएकाे छ । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय : १२:४५ बजे



















