global ime bank Long Banner Ad

गृहपृष्ठ ‘एकदिने एमाले’ बनेर माओवादीमै फर्किए पित्तबहादुर

‘एकदिने एमाले’ बनेर माओवादीमै फर्किए पित्तबहादुर

‘एकदिने एमाले’ बनेर माओवादीमै फर्किए पित्तबहादुर

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पित्तबहादुर डल्लाकोटी पुन: नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । 'एक दिने एमाले' बनेका उनी आज विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर सोमबार पार्टी प्रवेश गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघिसम्म एमालेमै थिए । विज्ञप्ति जारी गर्दै उनले क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : ०४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु