global ime bank Long Banner Ad

गृहपृष्ठ १ सयले बढ्यो सुनको मूल्य

१ सयले बढ्यो सुनको मूल्य

१ सयले बढ्यो सुनको मूल्य

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सयले नै बढेर ९८ हजार ३ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४९ रुपैयाँ तोकेको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु