गृहपृष्ठ बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहसँगको समन्वयनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा सोही भु-भागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीमा आवद्ध महिलाको उपस्थिती थियो । ग्रामिण भु-भागमा बसोबास गर्ने बासिन्दालाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागीलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरू सहित जानकारी दिइएको थियो । साथै, हेफर नेपालका प्रतिनिधीहरूले ग्रामीण भु-भागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरूमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिए ।
बैंक अफ काठमाण्डूले हाल नेपालभर रहेको ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दैछ ।
प्रकाशित समय : १६:३६ बजे



















