गृहपृष्ठ बुद्धले भद्रपुरबाट पोखराको सिधा उडान भर्ने
बुद्धले भद्रपुरबाट पोखराको सिधा उडान भर्ने
बुद्ध एयरले यही वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान तालिका सार्वजनिक गरेको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ ।
यस उडानबाट दुवै प्रदेशका वासिन्दा मात्र लाभान्वित नभई सिमापारि सिलिगुढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुन्छ । सिमापारिबाट आएका पर्यटकहरु भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन् ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरु पनि ल्याएको छ । भद्रपुर-पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुइतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।
बुद्ध एयर काठमाडौंबाहेक पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर-७२ जहाज ११ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुई वटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।
उडान तालिका :
पोखराबाट भद्रपुर दिउँसो १:२५
भद्रपुरबाट पोखरा दिउँसो ३ बजे
प्रकाशित समय : २२:१६ बजे



















