गृहपृष्ठ नयाँ जीवन बीमा व्यवसायमा उत्साह: नौ महिनामा ४१.२७ प्रतिशतको वृद्धि
नयाँ जीवन बीमा व्यवसायमा उत्साह: नौ महिनामा ४१.२७ प्रतिशतको वृद्धि
काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को नौ महिनामा नयाँ जीवन बीमा व्यवसाय (प्रथम बीमा शुल्क) मा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार चालु आवको नौ महिनामा नयाँ जीवन बीमा व्यवसाय ४१.२७ प्रतिशतले बढेको छ ।
हाल नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवको नौ महिनामा उनीहरूले २४ अर्ब ८८ करोड ६३ लाख रूपियाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । चालु आवको नौ महिनामा भने ३५ अर्ब १५ करोड ६५ लाख रूपियाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
समीक्षा अवधिमा कुल जीवन बीमा व्यवसाय भने १३.२० प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा जीवन बीमा कम्पनीले कुल एक खर्ब २७ अर्ब तीन करोड ६९ लाख रूपियाँ बीमा शुल्क संकलन गरेका थिए । चालु आवको नौ महिनामा भने एक खर्ब ४३ अर्ब ८१ करोड एक लाख ६८ हजार रूपियाँ बीमा शुल्क संकलन भएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ५० करोड ७५ लाख रूपियाँ र नवीकरणबाट एक खर्ब आठ अर्ब ६५ करोड ३६ लाख रूपियाँ व्यवसाय संकलन भएको छ ।
प्रकाशित समय : १७:५१ बजे



















