nmb bank

गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन स्थगित

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन स्थगित

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन स्थगित

सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सरकारले पत्र शीतलनिवास पठाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय गरेका छन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर आज बसेको मन्त्रीपरिषद् बैठक सो अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु