nmb bank

गृहपृष्ठ जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन आयोजना हुने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने जनाएको हो ।

प्रतियोगिता गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।

समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याञ्जिन गुम्बाबाट सुरु हुने यो दौड लाङटाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ ।

प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र सांस्कृतिक विविधताले भरिपूर्ण यो मार्गले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु