nmb bank

गृहपृष्ठ रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रणालीगत बनाउन सात सदस्यीय समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो ।

गत वैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार योग्यतामा आधारित उम्मेदवार चयन गर्ने उद्देश्यका साथ यो समिति निर्माण गरिएको पार्टीले जनाएको छ ।

गठित समितिमा रामकुमार (आरके) ढुंगानालाई सचिवको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा समिक्षा बास्कोटा, के.पी. खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वर कार्की (रोहन) रहेका छन् ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु