गृहपृष्ठ वैशाख १५ बाटै विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय
वैशाख १५ बाटै विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय
काठमाडौं । काठमाडौं महागरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरुमा पठनपाठन पनि वैशाख १५ बाटै सुरु गर्ने निर्णय गरेको छ ।
संघीय सरकारले वैशाख २१ गतेबाट मात्र पठनपाठन गराउने निर्णयलाई काठमाडौं महानगरले अवज्ञा गरेको हो ।
महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु हुने गरी सञ्चालनमा ल्याउन विद्यालय र सरोकारवालाहरुलाई निर्देशन गरेको छ ।
सरकारको निर्देशन तथा काठमाडौं उपत्यका मेयर्सको अनुरोधलाई समेत मध्यनजर गर्दै शिक्षक–कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिहरूको सुझावसमेतलाई आधार मानी यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।
संघीय सरकारले वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । यसैअनुसार स्थानीय तहहरुलाई पत्राचार गरिएको थियो ।
प्रकाशित समय : २०:२१ बजे



















