nmb bank

गृहपृष्ठ आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का Chennai Super Kings' Sarfaraz Khan bowled out by Mumbai Indians' Mitchell Santner during the Indian Premier League cricket match between Mumbai Indians and Chennai Super Kings in Mumbai, India, Thursday, April 23, 2026.(AP Photo/ Rafiq Maqbool)

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ। बिहीबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको हो।

चेन्नईले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । सञ्जु स्यामसन ४५ रन बनाएर क्रिजमा छन् । मुम्बईका अल्लाह गजनफरले ऋतुराज गायकवाड र शिवम दुबे लाई आउट गरेका छन् । त्यस्तै मिचेल स्यान्टनरले सरफराज खानलाई १४ रनमा बोल्ड गरेका छन्।

चेन्नईबाट महेन्द्र सिंह धोनी र मुम्बईबाट रोहित शर्मा यो खेलमा सहभागी छैनन्। यस सिजन दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ। दुवैले ६ मध्ये २ खेल जितेका छन् भने ४ खेल हारेका छन्। राम्रो नेट रनरेटका कारण मुम्बई ७औं स्थानमा छ भने चेन्नई ८औं स्थानमा रहेको छ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु