nmb bank

गृहपृष्ठ एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

गोरखा । गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । गत वर्ष ३० लाख ४५ हजार राजस्व सङ्कलन भएको उनले बताए ।

“सङ्ग्रहालयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतका बारेमा अध्ययन गर्न आउने गरेका छन्,” प्रमुख कार्कीले भने । गत वर्ष सङ्ग्रहालय अवलोकन गर्न ४४ हजार ७० विद्यार्थी यहाँ आएका थिए । सङ्ग्रहालय घुम्न आउने आमनागरिकको सङ्ख्या भने ८७ हजार २१९ रहेको थियो ।

प्रमुख कार्कीका अनुसार यहाँ घुम्न आउनेमा सार्क राष्ट्रका १६० र अन्य विदेशी मुलुकका दुई हजार ५४२ जना रहेका छन् । बर्सेनि यहाँ विद्यार्थीसँगै पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

सङ्ग्रहालय अवलोकनवापत विद्यार्थीले १०, अन्य नेपाली नागरिकले २५, सार्क राष्ट्रका नागरिकले ५० र अन्य देशका नागरिकले १०० शुल्क तिर्नुपर्छ । सङ्ग्रहालय साताको सबै दिन खुल्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु