nmb bank

गृहपृष्ठ मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा । यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । तर, अस्पताल पु-याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए । प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु