nmb bank

गृहपृष्ठ सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढ्यो, कहाँकाे कति ?

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढ्यो, कहाँकाे कति ?

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढ्यो, कहाँकाे कति ?

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ । केही दिनअघि यातायात व्यवसायीहरुसँग भएको सम्झौता अनुसार विभागले आजदेखि लागू हुने गरी नयाँ भाडा कायम गरेको हो । विभागले १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढेको छ ।

यसका साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी भाडा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५ प्रतिशतले बढाएको छ । गत चैत १७ गते मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयबाट सैद्धान्तिक सहमतिका अनुसारमा भाडा बढाइएको विभागको भनाइ छ । पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ ।

विभागकाे सूचना :

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु