गृहपृष्ठ सेन्ट्रल फाइनान्सको बिर्तामोड शाखा उद्घाटन
सेन्ट्रल फाइनान्सको बिर्तामोड शाखा उद्घाटन
सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोड, वडा नम्बर ४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औँ शाखाको रुपमा सञ्चालनमा आएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको संस्थाको ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय सहित काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी गरी १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको तथा संस्थाले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।
संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी-आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको लागि नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रवद्र्धन गरेको National Payment Switch (NPS) मा संस्था सदस्य बनिसकेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरिरहेको छ ।
उनले संस्थाले Central Smart मोबाइल बैंकिङ एप पनि सञ्चालनमा ल्याएको जानकारी दिनुहुँदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।
संस्थाको चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार, रहेको, हाल निक्षेप ५ अर्व ८४ करोड रुपैयाँ र कर्जा ५ अर्व १४ करोड रुपैयाँ रहेको कुरा प्रमुख कार्यकारी अधिकृत श्री रजोज मान श्रेष्ठले उक्त कार्यक्रममा बताए ।
प्रकाशित समय : २१:४४ बजे



















