nmb bank

गृहपृष्ठ इप्पानले नयाँ सदस्यता खुलायो, ऊर्जा कम्पनीलाई आवेदन आह्वान

इप्पानले नयाँ सदस्यता खुलायो, ऊर्जा कम्पनीलाई आवेदन आह्वान

इप्पानले नयाँ सदस्यता खुलायो, ऊर्जा कम्पनीलाई आवेदन आह्वान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नयाँ सदस्यता खुला गरेको छ । संस्थाले आफ्नो २४औँ वार्षिक साधारणसभा अघि नयाँ सदस्यता लिन इच्छुक कम्पनीहरूका लागि आवेदन आह्वान गरेको हो ।

इप्पानका अनुसार नेपालमा पछिल्लो २६ वर्षमा करिब ४ हजार मेगावाट विद्युत उत्पादनमध्ये निजी क्षेत्रले ३३ सय मेगावाट अर्थात् ८० प्रतिशतभन्दा बढी योगदान दिएको छ । साथै, निजी क्षेत्रले झण्डै ३० हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माण गरिरहेको जनाएको छ।

हाल इप्पानमा कर्पोरेट र एसोसिएट गरी ६ सयभन्दा बढी कम्पनी सदस्य रहेका छन्। संस्थाले ऊर्जा क्षेत्रमा संलग्न अन्य इच्छुक कम्पनीहरूलाई पनि सदस्यता लिन आग्रह गरेको छ।

इप्पानले २०८३ जेठ २९ गते हुने वार्षिक साधारणसभा अघि नयाँ नेतृत्व समेत चयन गर्ने तयारी गरेको छ। सोही कारण सदस्यता विस्तारलाई प्राथमिकता दिइएको जनाइएको छ।

नयाँ सदस्यता लिन चाहने कम्पनीहरूले इप्पानको आधिकारिक वेबसाइटमार्फत फाराम भरी आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ जेठ १५ गते तोकिएको छ भने आवेदन आह्वान २०८३ जेठ १० गतेदेखि खुला गरिएको छ ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु