गृहपृष्ठ ४ बुँदे सहमतिपछि ट्यांकर चालकहरु पेट्रोलियम पदार्थको ढुवानी गर्न तयार
४ बुँदे सहमतिपछि ट्यांकर चालकहरु पेट्रोलियम पदार्थको ढुवानी गर्न तयार
ट्यांकर चालकहरुले अवरोध गर्दा रोकिएको पेट्रोलियम पदार्थको ढुवानी अब सुरु हुने भएको छ । शनिबार बेलुका पेट्रोलियम व्यवसायीहरु तेल ढुवानी गर्न सहमत भए पनि आइतबार चालकहरुले अवरोध गरेका थिए ।
तर, अब चालकहरुमा माग पनि सम्बोधन हुने भएपछि रोकिएको तेलको ढुवानी नियमित हुने भएको हो । नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक बिरेन्द्र गोहित, प्रवक्ता विनित मणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सचिव विष्णु कुमार खड्का र नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामासहित थानकोट डिपोनजिकै भएको वार्तामा सहमति भएको हो ।
प्रकाशित समय : २१:२४ बजे



















